आत्महत्या

यात्रा एक
The great tragedy of life is not death
But what dies inside of us while we live.

मानेको हो
जीवन: सिर्फ श्रिंखलाबद्द मृत्युदण्ड

जानेको हो
जीवन: सिर्फ पिचर प्लान्ट
र हामी
वासनामा मुर्च्छित किटपतङग

जीवन:
बत्तिको कुरुप उज्यालोमुनी
आत्मदहको गीत गाइरहेको पुतली 

जीवन: अप्रिय लेखकको एब्सर्ड फेन्टासी
जीवनको कुरुपतादेखी
लगलग कांपेर
खिया लागेको पत्तिले
औंला चिर्दै
लेखेको हो प्रेमपत्र
मृत्युको नाममा

सिल्भिया प्ल्याथ
स्विकारेको मैंले पनि
मृत्यु एउटा कला हो
अर्को एक शताब्दी नखुल्ने
रोगी कानुनको
ढोकानजिक रुंघेर
देखेको हो सपना-युथेनिसियाको

पशुपन्छीहरु आत्महत्या गर्दैनन
बुद्दी भएकाले
मानीसले गर्छ-आत्महत्या
धेरैपटक सोचेको हो
र त्यागेको हो-विचार

एक्लै-एक्लै
र खाली एक्लै हिंडेको हो
इश्वरजस्तो
ज्यानमारा फाइल बोकेर झोलामा
हिंडेको हो कहीं पुग्न
अन्तिम यात्रामा

सबैभन्दा सशक्त उत्तरआधुनिक विकल्प
लागेको हो-आत्महत्या

रुझेको हो निथ्रुक्कै
मृत्युको झरिले र निचोर्दै निचोर्दै रुमाल बाटोमा
आएको हो-त्यहांसम्म

यात्रा दुई
स्वाभाबिक दुर्घटना
असंख्य मोडहरुमा जोगिएर
यहीं आएपछी
किन लाग्दैछ जीवन यती सुन्दर र आकर्षक ?
किन लाग्दैछ गन्ध जीवनको
यती मोहक र यती मादक ?
किन लाग्दैछन यती प्रिय
दु:ख, यातना र घ्रिणाहरु…
नग्नता, क्रुरता र कुरुपताहरु…

यहीं आएपछी
किन लाग्दछ यती सुन्दर
यो छदम सपनाहरुको बिरामी पहाड
जहाँ कटिएका रहरहरुको हरपल
चङ्गा उड्छ र चुंडिन्छ

यो मेरो जाने आकाश
जहाँ आशाको नयाँ घाम उदाउंछ र अस्ताउंछ
यो अराजक समुद्र
जहाँ प्रेमका छालहरु बग्छन र थामिन्छन
मृत्यु
बैंशको रङ नउडेको छातीभरी
मैंले सुरक्षित बोकेर हिंडेको हुँ-तिमिलाई
हिंडिरहेकै छु
र हिंड्दाहिंड्दै पत्तै नपाई
म जीवनको नयाँ दुर्व्यसनी भएको छु
म जीवनको नयाँ अंम्मली भएको छु ।    BY भुपिन व्याकुल

Romantic One

बिहे गरी लैजाउ मलाई नत्र भागी आउछु भन्थी ।
सुख दु:ख जे होस् तिमी सगैं रमाउंछु भन्थी ।

दुई दिने चोलामा, जसले जती आंखा तरेपनी,
मुटुभरको चोखो माया तिमी सगैं लाउंछु भन्थी ।

समर्पित भई तिमीसंग, प्रेमको अर्थ बुझेपछी,
बिर्सदै आफुलाई तिम्रो मनको भाका गाउंछु भन्थी ।

भेट नहुंदा गोधुली सांझमा, त्यो चौतारी छेउ,
म भरे सपनामा परी बनी धाउंछु भन्थी ।

संगै बांच्ने संगै मर्ने, बाचा कसमा खाइदिदां
ढुक्क भई आशैआशमा जिन्दगी छाउंछु भन्थी ।

हामी दुई मुनामदन, भनी मैले फुर्काएपछी
मेरो इश्वर तिमी तिमीभित्रै सबथोक पांउछु भन्थी ।  

बिहे गरी लैजाउ मलाई नत्र भागी आउछु भन्थी ।
सुख दु:ख जे होस् तिमी सगैं रमाउंछु भन्थी ।

Three Strangest Words

When I say the word FUTURE,
the first syllable is already a part of the past.

When I say the word SILENCE,
I spoil it.

When I say the word NOTHING,
I create something that nothingness cannot contain.   By: WISLAVA(Poland)

साहारा कोही…

साहारा कोही नभएपनी बांच्नु त पर्छ नै,
यो मन खुशी नभएपनी हांस्नु त पर्छ नै ।

म एक्लो यात्री मान्छेको भिड छिचोली हिड्दैछु ।
औसीको कालो रातमा आज उजेली खोज्दैछु ।
आंखामा आंशु रित्तिन लाग्यो सांच्नु त पर्छ नै ।
यो मन खुशी नभएपनी हांस्नु त पर्छ नै ।

बसन्त मेरो ओइली झर्‍यो टिपिदिने को होला ।
मुस्कान भित्र लुकेका आंशु देख्दिने को होला ।
अर्काको लागि फुलको माला गांस्नु त पर्छ नै ।
यो मन खुशी नभएपनी हांस्नु त पर्छ नै ।

जीवन भन्नु यस्तै त रहिछ उकाली ओराली,
कसरी बिर्सु मनको बह यो मन सम्हाली ।
देउराली भेट्न नसके पनि हिंड्नु त पर्छ नै ।
यो मन खुशी नभएपनी हांस्नु त पर्छ नै । 

साहारा कोही नभएपनी बांच्नु त पर्छ नै,
यो मन खुशी नभएपनी हांस्नु त पर्छ नै ।       BY सुनिता गौतम

गजल

कती बनाउछौ राजनीतिलाई घिनलाग्दो खेल ।
झ्यालखाना भरिएर toilet भो जेल ।

जो आओस नेत्रीत्वमा देखाउदै ठुलो आश,
आखिर सब चेपिने रहेछन,क्या अनौठो ठेलमेल।

कालो सडकमा यत्रतत्र मृत्‍यु फुटेपछी,
कसले लाउंछ क्रान्तिसंगै मानवताको तेल ।

भ्रस्टचारको लप्काले सबको ओठ डामिसक्यो,
सक्दैनन खान अब, आश्वासनको तातो सेल ।

बजेट निक्ल्यो फेरी, अनी उठ्यो उही प्रश्न,
कहिले आउंछ काठमाडौंमा जनकपुरको रेल…?

कती बनाउछौ राजनीतिलाई घिनलाग्दो खेल ।
झ्यालखाना भरिएर toilet भो जेल ।

Sonnet of Death

When from the throes of broken parent heart
My soul in tears cried in the hour of gloom

For loss of that which lacking life was doom,              
The fine sweet cherub given as his Art,

And that small life, so much my life’s own part,
A better paradise, my best in bloom,

Lividly pouted tender lips in doom
Of that sweet life which was my second heart

I felt the world so cruel and so poor,
All days began in blood to end in blood;

Change terrified, Death darkly knocked the door,
And I felt Godless in desperate mood.

But now dear God! I knew a truth serene.
Death is a mercy and a shadow lean.                          BY: LP Devkota

क्रान्ति

क्रान्तिमा पिल्सिएपछी जनता सबै रेटिएछन ।
अस्तित्व छैन देशको एकएक गरी मेटिएछन ।

खोज्दा खोज्दै सम्बन्ध शान्ती र भाईचाराको,
उही पुरानो अनुहार,एक हुल नेता भेटिएछन ।

गरिएका सन्धिहरु एक एक गरी मानौं भन्दा,
सिमा जती देशको एकै ठाउंमा चेप्टिएछन ।

कती थिए सम्झौताका घतलाग्दा बुंदाहरु,
संसोधनको नाममा आज सब फेरिएछन ।

परिवर्तनका पक्षपाती बन्दुकहरु दौडेपछी,
भएभरका नियमजती एकै ठाउंमा सेररीएछन ।

क्रान्तिमा पिल्सिएपछी जनता सबै रेटिएछन ।
अस्तित्व छैन देशको एकएक गरी मेटिएछन ।

भौतिक शरीर या आत्मिक मन

पुलमुनिको ब्यस्त सडक छेउ मैले उसलाई एक्कासी भेटें । मलाई देख्ने बित्तिकै उ खिस्स हांसी अनी अलिकती लजाएजस्तो गरी भनी “अं मैले चिंने” । चिन्नु के ठुलो कुरो भयो र ? पहिलो पटक भेट्दा अलिकती कुरा त गरेकै हो नि, त्यहां माथि वल्लो पल्लो घरमा बस्ने, पहिला कतै देखेको त थियौ होला नि ! मलाई यिनै कुराहरु भन्ने मन थियो तर केही भनिन । उ भन्दा बढी त म लजाएको थिएं । जबर्जस्ती आफ्नो हात अगाडि बढाउदै hi भनें, उ फेरी हांसी र हात मिलाई । मलाई थप लाज भयो । “कता पुगेर हो ?” मैले सोधें । “यहीं पत्तिर साथीलाई भेट्न आएको” उसले सजिलै उत्तर दिइ । “अनी तिमी कता नि ?” हठात प्रश्न गरी, शायद आफ्नो कर्तब्य पुरा गरेकी थीई होला । उ अलिकती हडबडाएको, हत्तारिएकी जस्ती देखिन्ती । मलाई के भन्ने भन्ने भयो । “अं म पनि साथीकोमा नै जान  लागेको… ” मैंले ढाट्दिए । वास्तबमा त्यहां वरिपरी मेरो कोही साथी थिएन । सांझको बेला त्यो सडक बिचरण गर्नु मेरो दिनचर्या नै हो । मलाई अब उसको अगाडि उभिरहन मन लागेन अथवा मन लागेर पनि सकिन । मैंले सिधै बिदा मांगे, सम्भवत: उ पनी यही चाहन्थी होला, हामी दुई छुट्टीयौं ।

दुई चार पाइला अगाडि बढेपछी मलाई पछुतो भयो, मैले किन ढांटे । म त्यत्तिकै घुम्दै थिएं, उसगैं फर्केको भएपनी भइहाल्थ्यो नि । छेउमा राम्रै होटेल थियो, चिया खानेकी भन्न सक्थें नि । किन भनिन ? मैले केही सोचिन । एक्कासी टाउको भारी भयो । हावाभरी उसका शब्दहरु नांच्न थाले, ” अं मैले चिने “, ” अनी तिमी कता नि ? ” । आंखामा, उसको उही भ्रमित रुप भेटें । हावाका शब्दहरु कानमा एकनासले ठोक्किरहेका थिए । मनमा अघी उ निकट हुंदा देखी उब्जेको डर त्यत्तिकै थियो । आफुवरिपरी, सम्भवत: सडकभरी उ छरपस्ट छरिएकी थीइ । उसका सम्पूर्ण काल्पनिक, बिभ्रमित आकृतिहरु टिपेर नयाँ रुप बनाउने चेस्टा भयो । त्यो फगत चेस्टा थियो । पछाडि फर्केर बोलाउकी जस्तो लाग्यो, फेरी लोकाचारले के भन्ला, उसको इज्जतको पनि त सवाल थियो, मैंले आंट गरिन ।   पहिलो पटक उसंग बोल्न पनि मैले कागजको अर्थात सभ्य भाषामा चिट्ठीको साहारा लिएको थिएं । सभ्यता र बिकासक्रमले मान्छेलाई कहाँ बाट कहाँ पुर्याएपनी कती परिवेसमा भने यस्तै खोस्टो  कागजको सहयोग लिनुपर्ने, वास्तवमै कागजको महत्व पनि यो आधुनिक भौतिक जीवनमा कत्ती कम छैन । उसलाई चिट्ठी लेख्दा भने मलाई कागजदेखी धेरै रिस उठेको थियो । एकमनले यो निर्जिव बस्तुप्रती मेरो यतिबिधी विश्वाश पलाएको देख्दा म दंग थिएं । तर लेख्दै जांदा कती कुराको अपुग जस्तो लाग्यो । यो कागजमा अनेकौं स्त्री पुरुषको सिङ्गो रुप अंटाउछ, करोडौं करोड बजेटको हिसाब अटाउछ, रत्नपार्कको सिङ्गो सभा अंटाउछ तर एउटा मान्छेको दुखी मन यसमा कहिल्यै अंटाउदैन । म उसलाई मेरो मन नै दिन चाहन्थें, मात्र विश्वासको लागि । नत्र उसले कसरी विश्वाश गरोस मेरा यि यावत बिगतलाई । बिगतमा मेरो एउटा हितेषी मित्र थीइ ” अस्मी ” । उसको बानीबेहोरा, चंन्चलेपन, कुरा गर्ने शैली मलाई साह्रै मीठा लाग्थे । उ आधुनिक जीवनकै एक अङ्ग भएपनी उसलाई आधुनिकताले कत्ती छोएको थिएन । जीवन, मर्म, प्यास, एकान्त र यो माया प्रितीलाई मैंले बुझ्नुछ; बारम्बार भनिरहन्थी । तर संसारले उसलाई केही बुझ्न दिएन, उ आफ्नो बाहुपाशको संसार पक्रन चाहन्थी, हो सायद यही थाहा पाएर होला, संसारलेनै उसलाई पहिल्यै पकडियो, अर्थात उसले यो संसार सदाका लागि छोडि । उसँग बिताएका क्षण, उसका अनेकौं तस्बिर मेरो आंखामा त्यस्तै ताजा रहेका छन जुन हिजो थिए । मलाई थाहा छ यि बिगतहरु वास्तवमा बिगत नै हुन तर पनि बिगतले बर्तमानको खुशीहरु खोसेको देख्दा मेरो भविष्य पलपल डराइरहन्छ ।

मलाई फगत यिनै कुराहरु उसको अगाडि भन्नु थियो, त्यसैले पत्रको सहारा लिएथें । अस्मी र उसको अनुहार पूर्ण रुपमा मिल्छ, प्रथमा पटक देख्दा मैले उसलाई अस्मीकै कोही नातेदार होला भन्ने सोचेथें, तर आज थाहा पाइसकें; उसले त अस्मिलाई चिन्दिन रे । उ पश्चिमकी परिछ अस्मी पुर्वकी । मैले चिट्ठीमा उसलाई सच्चा साथीको लागि प्रस्ताव गरेको थिएं, उसले हांस्दै सो स्विकारेकी थिई जुन मैले फोनमा अनुभव गरेथें । ततपश्चात उसले के सोची त्यो मलाई थाहा छैन तर जब म उसलाई देख्छु मेरो बिगत त्यत्तिकै पल्टन खोज्छ, अतितका आकृतिहरु तंछाडमछाड गर्दै अगाडि आउछन अनी म केही बोल्न सक्दिन, पूर्ण सिद्दिएको आभाष हुन्छ । यो भग्न समयमा म साह्रै दुबिधामा पर्छु र सोचिरहन्छु, ‘ मान्छेको भौतिक शरीर ठुलो या आत्मिक मन ‘ । आखिर सत्य के हो र म के खोजिरहेछु त्यो थाहा छैन फगत मेरो यात्रा जारी छ, म कुदिरहेछु कुदिरहेछु …

Follow

Get every new post delivered to your Inbox.