गजल

म भोली मरे भने तिमी धेरै रुन्छौ होला ……
कैयौँ मान्छे भिडमा पनि तिमी एक्लो हुन्छौ होला ।

बिगत सम्झी कहिलेकाही अनायसै चित्त फाट्दा,
मन सम्हाल्नलाई तिमी मेरै तष्बिर छुन्छौ होला ।

कस्तो छ है, यो प्रकृतिको बिछुट्टै परीकल्पना …
मेरो अस्तित्व मेट्दै तिमी अर्को साथी चुन्छौ होला ।

जीवनभर माया पाउन उसको अगाँलोमा हराएपछी,
इच्छाको धागोले आफ्नो जिन्दगी बुन्छौ होला ।

खुशी रहनु प्रिया, तितो सत्य त्यही नै हो …
एकान्तमा फेरी हराउँदा हाम्रै प्रेमधुन सुन्छौ होला ।

म भोली मरे भने तिमी धेरै रुन्छौ होला ……
कैयौँ मान्छे भिडमा पनि तिमी एक्लो हुन्छौ होला ।

Share This:

Add to FacebookAdd to DiggAdd to Del.icio.usAdd to StumbleuponAdd to RedditAdd to BlinklistAdd to TwitterAdd to TechnoratiAdd to Yahoo BuzzAdd to Newsvine

उ र म

चार जना मान्छे भेला भयो कि,
उ औँला ठड्याउँथ्यो
नाक खुम्च्याएर आधी हाँस्थ्यो
अनी जीउ मर्काउँदै
अरुको बद्ख्वाँइ गर्थ्यो ।
परिवर्तनको पक्षमा,
धाराप्रवाह बोलिरहन्थ्यो ।

त्यो ठाँउमा म पुगेँ भने,
अग्रगामी निकासको
आभाष गराइदिन्छु ।
वास्तविक बिकास देखाइदिन्छु,
उस्तै परे समुद्र ल्याइदिन्छु,
आकाश झार्दिन्छु,
चन्द्रमा टिप्दिन्छु ।
यहीँ छ कैँयौ मणिहरु,
लुकेका छन इन्धनका खानिहरु,
नपत्याए;
धरती फोरेर देखाइदिन्छु ।
हाम्रो पसिनाको कमाइ,
तिनिहरु सँगै छ,
म सबै भ्रष्टहरु सोरेर देखाइदिन्छु ।

भाग्यको नजाँनिदो खेल भन्नुपर्छ,
एकदिन उ त्यहाँ पुग्यो;
तर खै…
समुद्र ल्याएन,
आकाश झारेन,
चन्द्रमा टिपेन,
धरती पनि फोरेन,
भ्रष्ट पनि सोरेन ।

उसको वास्तविकता थाहा नपाई
विश्वास गर्नु…
मेरो त्यो भ्रम भएछ ।
अद्रिश्य शक्तीस्रोत सोचेथेँ,
उ पनि अरु जस्तै नेता पो रहेछ ।

Share This:

Add to FacebookAdd to DiggAdd to Del.icio.usAdd to StumbleuponAdd to RedditAdd to BlinklistAdd to TwitterAdd to TechnoratiAdd to Yahoo BuzzAdd to Newsvine

आज राती…

हेर्दै थिएँ एउटै तारा टुट्यो आज राती…..
फगत सिसा रैछ मन पनि फुट्यो आज राती

अध्याँरोभित्र उज्यालो खोज्न मैँले थालेपछी
सपनाले इच्छाजती लुट्यो आज राती….

भेट्छु उसलाई भनी दौंडदा शुन्यताभित्र…
त्याग अनी समर्पणले कुट्यो आज राती

बग्दाबग्दै आँखाबाट सजल ती खोलाहरु,
भएभरका बिगतजती जुट्यो आज राती…

घुम्दैछु यादसहित चकमन्न यो संसार
यत्तिकैमा रातपनी सुत्यो आज राती…

हेर्दै थिएँ एउटै तारा टुट्यो आज राती…..
फगत सिसा रैछ मन पनि फुट्यो आज राती

Share This:

Add to FacebookAdd to DiggAdd to Del.icio.usAdd to StumbleuponAdd to RedditAdd to BlinklistAdd to TwitterAdd to TechnoratiAdd to Yahoo BuzzAdd to Newsvine

रगतको बाछिट्टाले…

रगतको बाछिट्टाले फेरी ‘शान्ती’ लेख् न थालेछु ।
घरीघरी तर्सिरहन्छु, सपनामा बुद्द  देख् न थालेछु ।

एकोहोरो लोडसेडिङमा आँखा अभ्यस्त भएपछी,
अध्याँरोमा पनि सबै चिज छर्लङ  देख् न थालेछु ।

हराइसकेछ कपिलवस्तु,  लुम्बिनिबाट आजकाल
अस्तित्व खोज्दै ईतिहासको आडमा सीमा छेक्न थालेछु ।

असहमतिभित्र सहमती खोज्न थालेपछी उनिहरुले,
भयंकर आश लीइ, जुलुश र सभा टेक्न थालेछु ।

रगतको बाछिट्टाले फेरी ‘शान्ती’ लेख् न थालेछु ।
घरीघरी तर्सिरहन्छु, सपनामा बुद्द देख् न थालेछु ।

Share This:

Add to FacebookAdd to DiggAdd to Del.icio.usAdd to StumbleuponAdd to RedditAdd to BlinklistAdd to TwitterAdd to TechnoratiAdd to Yahoo BuzzAdd to Newsvine

इश्वरसंग गुनासो

ईश्वर !
तँ सञ्चै होलास
मलाई साह्रै बिसन्चो छ
म आज साँघुरो परीवेशमा
बौलाउन लागेको कुकुरझैँ
भौतारिंदै गल्ली गल्ली डुल्दै छु
ईश्वर !
समयसंगै दिनहरु बिते,
दिनसगैँ उमेर बित्दै छ
म अहिले तेइसौँको सघाँरमा छु
बुझ्नेहरु मलाई युवक भन्छन
तर ईश्वर !
मलाई जवानी मन पर्न छाडयो
किन थाहा छ ?
म पढेलेखेको छु
म नयाँ बिहानी खोज्न चाहन्छु
मेरो जोशले उर्लदों खहरे तरौँ भन्छ
शब्दलाई शक्तिमा परिवर्तन गरौँ भन्छ,
तर विवसता म त्यो गर्न सक्दिन
मेरो हर पाइलामा लगाम लगाइन्छ
त्यसैले मलाई जीवन निरर्थक लाग्छ
ईश्वर !
तैँले दिएका उपहारहरु बेकार भएका छन
यि खुट्टाहरु हिंड्न सक्दैनन
यि मुखले बोल्न सक्दैनन
यि हातहरु चल्न सक्दैनन
तर ईश्वर !
म लङगडो होइन
लाटो पनि छुइँन
अनी डुंडो पनि होइन
इश्वर !
यसो चिहाएर हेर त
सबै भात्किएका छन
मन हरु भात्किएका छन
मनसगैँ देश भात्किएको छ
म अन्धोझैँ बसेको छु
मेरो विवसता
म केही गर्न सक्दिन
ईश्वर !
तँलाई थाहा छ ?
मेरी एउटी प्रियसी
अनी आमा छिन
बाउ थे, भाई थ्यो
मारिए अरे
मर्ने बेलामा छोरा छोरा
दाई दाई भन्थे रे
तेरो त शुन्यमा भेट हुंदो हो
एकचोटी सोध है
अतृप्‍तिमा मर्नुको पिडा
ईश्वर !
म जवान छु
म मेरी प्रियसिसँग सामेल हुन चाहन्छु
मेरी आमा मृत्‍युसंग संघर्ष गर्दै छिन रे
म उनलाई अन्तिम भेट दिन चाहन्छु
तर गाँउ फर्कने बातावरण छैन
म गाँउ गए आमा शोकमा पर्छिन
म मर्ने बेलाकी आमालाई शोकमा पार्न चाहन्न
एक रातसगैँ नभएकी प्रियसिलाई बिधवा पार्न चाहन्न
भन ईश्वर ! म के गरुँ ?
ईश्वर ! तैँले जवानी त दीइस
तर यो जवानीको सार्थकता भएन
म स्वतन्त्र भएर बाँच्न चाहन्छु ।
म विचारको दन्द गर्न चाहन्छु
म देशको मुहार फेर्न चाहन्छु
म मेरो गाँउ जान चाहन्छु
म मेरो बस्ती जान चाहन्छु
म मेरी आमालाई हेर्न चाहन्छु
म मेरी प्रियालाई भेट्न चाहन्छु
समय अनुकुल गराइदे
यो कालो कालखण्डको अन्त्य गराइदे
यदी यती गर्न सक्दैनस
रमिता हेरी बस्छस भने
तँ के को ईश्वर
बरु मलाई पनि त्यतै बोला
म त्यतै आउँछु
किनकी यो विक्रित परीस्थीतीमा
दर्शक भएर
म मुल्यहिन जवानी बाँच्न चाहन्न !!!                               Sudarshan Gautam

Share This:

Add to FacebookAdd to DiggAdd to Del.icio.usAdd to StumbleuponAdd to RedditAdd to BlinklistAdd to TwitterAdd to TechnoratiAdd to Yahoo BuzzAdd to Newsvine

फोहोर काठमाण्डौ र तरुनिहरु

काठमांडौ फोहोर छ, वास्तवमै फोहोर । चौतर्फी फोहोरका दुर्गन्धीत मूल मध्य काठमांडौमा फुट्छन । भौतिक फोहोरको साथै यो बिचारमा पनि घिनलाग्दो फोहोरी शहर भईसक्यो । यही फोहोरको डंगुरमाथि चिल्ला कारहरु राजनैतीक सहमतिको चक्रब्युहमा जनतालाई फसाएर ढुक्कसाथ गूडिरहेछन । यो यात्रा मतलब फोहोरमाथिको माननीय नेताहरुको यात्रा, यहाँ सदिऔँ देखी चलिरहेछ । यो तितो बर्तमान हो, बान्ता आउने भुत र सायद भयाबह भबिश्य पनि ।
हिजो मात्रै साथीहरुसंग सिद्दपोखरी घुम्न जाँदा अनेकौं फोहोरहरु मेरो आँखाले अनुभब गर्‍यो । पहेंलो पहिरनमा सुसोभित आफुलाई बाबा भनांउदो मन्दिरछेउ सडकबालक लाई पिट्दै थियो । ओठ निचर्दा दुध झर्ने स्कुले केटाकेटिहरु रुखमुनी कतै छेलिएर बेफ्वांकले धुंवा उडाइरहेका थिए । उनिहरु मध्ये कती जोडीहरु एकै ठाउँमा गाँठो परेर बैँषको प्याष मेट्दै थिए । यो यौन, भोक, शोक, त्रास र दरिद्रताको काठमांडौ एउटा गन्धहिन फोहोर जस्तो लाग्यो । मलाइ यि द्रिश्य र आवाजहरु अती दुखे यद्धपी यिनिहरु अचेल त्यती नौला मानीदैनन । समग्रमा भन्नुपर्दा काठमांडौ बासिले यो फोहोरको दुर्गन्धलाई सजिलै भोगिसकेका छन र,भोग्न सक्छन पनि ।
काठमांडौको भौतिक फोहोरले ओखरपौवा भरिदैछ, अनी मन दुख्ने गरी भित्राइएका पश्चिमेली काँचा फोहोरले काठमांडौ आँफैलाई छोप्दै छ । आज एकछिन नयाँ बानेश्वोर चोकमा बसेर यो फोहोरको रासमाथी केही सुकिला चिज मेरा आँखाले खोज्न थाल्यो । फगत अग्ला होचा तरुनी बाहेक अरु मैँले केही देखिन । वास्तवमै काठमांडौका तरुनिहरु धेरै सुकिला छन । यहाँको फोहोर र दुर्गन्धलाई छलेर उनिहरु सुकिलो मुकिलो जीवन जिउन सफल छन । धूलोसंग लुकामारी गर्दै सडकमा चटपटे र तितौरा पड्काउनु उनिहरुको दिनचर्या हो । आधी जिउ नांगो भएपनी, घामले उनिहरुलाई डढाउंदैन । अनेकौँ कस्मेटिक सामनहरु उनिहरु साथै हुन्छ । एकातिर कपडा लाउन नपाएर नाङै लडिरहेका मानवहरुपनी देखिन्छन यहाँका प्रख्यात चोक, गल्लिहरुमा भने अर्कातिर तिनै गल्लिमा तरुनिहरु दिनप्रतिदिन आफ्नो कपडा छोट्याइरहेछन । एउटा नमिल्दो तितो सत्य हो यो, काठमांडौको । तरुनिहरुको बोलिचाली, ल्वाइख्वाइ अनी लाईफ स्टाईल नियाल्दा बाध्यताले काठमांडौ बसेका परदेशीझैं लाग्छ । के काम गर्छन् त्यो थाहा छैन तैपनी हातमा एउटा म्युजिक फोन हुन्छ नै, उनिहरुले कसैसंग कुरा गर्न चाहे एक मिसकल ठेले हुन्छ, फोन उताबाटै आउँछ । अनी खितीखिती हांस्दै कुरा गर्छन् । अनेक कुरा गर्छन्, बिहान उठेर मुख धोको कुरा देखी लिएर सडकमा देखिएको बाङो पुछर भएको कुकुर सम्मको कुरा । अस्थिरताले निलेको यो फोहोर काठमांडौको बिचमा पनि कती ढुक्क छन हाम्रा तरुनिहरु । कती रमाइलो गरेर जिन्दगी बिताइरहेछन….आहा ! प्रजातन्त्रको त्यो गुलियो रस चुसेर, सबैलाई जिन्दगीको मीठो महत्व बताउँदै ।
अन्तत: सधैं यस्तो नरहोस्, काठमांडौको सतहमा मख्ख हाम्रा तरुनिहरुको एकदिन आँखा खुलोस, नाइटोमा स-साना मुन्द्रा हैन, हातमा मसिना चूरा भरुन । छाती, पाखुरामा ट्याटु होइन, कानमा कुन्डल र नाकमा बुलाखी लाउन । आफ्नो संस्क्रीतीप्रती सदा प्रतिबद्द रहुन । यही नै सायद समस्त काठमांडौको चाहना हो, समस्त नेपालको चाहना हो । जय काठमांडौ !!!! जय तरुनी !!!

Share This:

Add to FacebookAdd to DiggAdd to Del.icio.usAdd to StumbleuponAdd to RedditAdd to BlinklistAdd to TwitterAdd to TechnoratiAdd to Yahoo BuzzAdd to Newsvine

काल…

गाउँ गाउँमा हल्ला चल्यो,
बस्ती बस्तीमा हल्ला चल्यो
आज कालहरु आउंदैछन
ढोका थुनेर बस्नु…
म छक्क परेँ !
काल ! कस्तो काल ?
के काल पनि सुचना दिएर आउँछ र ?
म सोच्न वाध्य भएँ ।

म केटाकेटी छँदा सोच्ने गर्थेँ,
काल डरलाग्दो हुन्छ,
दारा पलाएको हुन्छ, भयंकर हुन्छ ।
उमेर बित्दै गयो, त्यो भ्रमको पनि अन्त्य भयो ।
तर आज अर्को भ्रम
मेरो मगजले काम गर्न छाड्यो ।
ति हल्लाहरु केटाकेटी तर्साउन
प्रयोग गरिएका अस्त्र जस्ता लाग्थे ।
तर गाउँमा चलेको हल्ला
सत्य, असत्य पत्याउन गाह्रो…
म दिगभ्रमित भएँ ।

मलाई थाहा छ,
काल अद्रिश्य हुन्छ ।
अज्ञात हुन्छ ।
बाजा बजाएर आउँदैन ।
सुटुक्क आउँछ,
टिपेर लैजान्छ ।

तर आज सुनें, काल आउंदैछ
सबै कांप्दै ढोका लगाउन ब्यस्त…
द्रीश्य अनौठो ।
म पनि त्यही द्रिश्यको अनुसरणमा ।

एकछिनपछी एक हुलको आगमन,
हुलको गर्जन…
पल्लाघरे दाइको उपस्थिती,
चड्कनको बर्षा,
अस्त्र शस्त्र हुलको गमन ।

अनी त, ढोका खुल्ला,
पल्लोघरमा मान्छेको भिड,
मास्टरको मृत्‍यु…!
संरचनाको बिनाश,
मेरो कालसंग परिचय,
मलाई कालको चेतावनी…
गाउँ नबस्न धम्की
अनी मलाई विश्वाश,
काल !
मान्छे ! मान्छे !
काल !!!                                                                Sudarshan Gautam

Share This:

Add to FacebookAdd to DiggAdd to Del.icio.usAdd to StumbleuponAdd to RedditAdd to BlinklistAdd to TwitterAdd to TechnoratiAdd to Yahoo BuzzAdd to Newsvine

जिन्दगी, एक लामो सास

बीना टुप्पोको भिर जस्तो छ जिन्दगी ।
बीना चिनिको खिर जस्तो छ जिन्दगी ।

कती रुनु कुनामा, घुँक्क घुँक्क गर्दै
बलात्‍कृत नारीको पीर जस्तो छ जिन्दगी ।

सम्झी ल्याउँदा बिगत घोच्छ चारैतिर
माछा उन्न बनाको झिर जस्तो छ जिन्दगी ।

क्षणभरको भएपनी एक्लै काट्न नसकिने
सप्तकोशिको तिर जस्तो छ जिन्दगी ।

समयको पछीपछी भाग्य साथ हिंड्नुपर्ने
वेवारीस लासको सिर जस्तो छ जिन्दगी ।

बीना टुप्पोको भिर जस्तो छ जिन्दगी ।
बीना चिनिको खिर जस्तो छ जिन्दगी ।

Share This:

Add to FacebookAdd to DiggAdd to Del.icio.usAdd to StumbleuponAdd to RedditAdd to BlinklistAdd to TwitterAdd to TechnoratiAdd to Yahoo BuzzAdd to Newsvine

Footsteps of Socrates

Govinda Prasad Bhattarai’s ‘Footsteps of Socrates (सुकरातका पाइला)’ is milestone for Nepali novels. It is an excellent specimen of Nepali war literature also. It acts as just a mirror of past decade which reflects mainly our pain and sufferings bared due to the endless revolution. It provides us convincing answers of many philosophical questions also, e.g. what is life? What is real truth? etc. In novel, when we go forward by turn overing the pages, we can’t read it being impartial. Due to life flowing over the words, we found ourselves, in the every situation then knowingly or unknowingly we will be transformed into a new character and we can recognize ourselves all over the events too.सुकरातका पाइला

Writer Abhi Subedi criticized it comparing with Naipaul’s novel “A Bend in the River”. He added Govinda used here history as fiction and fiction as history. Because in novel; events of crossfire in many districts, curfews, agitation in Kathmandu, killing of Nepali in Iraq etc flow sequentially. I think it is the capability of writer’s post modern writing technique and the novel may be the masterpiece of his world of literature.

This novel stands from the brief explanation of a village named Narfok which is the birth place of Ananta, the main character. Ananta has recently passed his bachelor degree in major English from the college of his own village but due to political instability in country he becomes unable to take any further decisions related to his life. So his frustrated mind slings him to Kathmandu.

Writer wants to provide us the fusion of ancient and modern philosophy, so he introduces a character here, Sukarat, as a professor of TU. Due to his philosophical speech, Ananta’s thinking level gradually increases although Ananta found himself in between many conflicts. He was jobless and failed his exam also therefore he couldn’t return back to his home. At the same time Ananta again shocked due to untimely demise of his girlfriend Purnima in crossfire near his village being revolutionary. Now Ananta saw himself only in between death, desperation, apprehension or anxiety. So he was thinking to go away from this depressive world by attempting suicide but what he did there is totally vague.

Dr. Govinda Raj BhattaraiHere also we can visualize writer’s post modern writing technique. Unsettled i.e. Anirdharan is one of the suitable definition of such technique. He uses it here successfully. Providing such a beautiful gap in the condition, writer gave chance to all readers for further creation. Therefore we can say that the main theme of the novel is individual freedom, individual decisions and multiple thoughts should be accepted. Here, by introducing reasonable character Sukarat, writer has also described the energy and limits of individual’s existence, about freedom and responsibility with the boundary of real truth, life and death.

Share This:

Add to FacebookAdd to DiggAdd to Del.icio.usAdd to StumbleuponAdd to RedditAdd to BlinklistAdd to TwitterAdd to TechnoratiAdd to Yahoo BuzzAdd to Newsvine

Follow

Get every new post delivered to your Inbox.