देउरालीमा,
त्यो सिरेटोको सुतन्त्रसँगै
सप्ताहान्त मेट्दा
मेरो मुटु छेडिन्थ्यो;
तिम्रो अंगालोमा
एक्कासी ओत लाग्थेँ ।
तिमी,
बर्खापछी भरिएको
कुन्डझैँ टलपल हुन्थ्यौ,
म रित्तो गाग्रिझैँ प्यासी…
तिम्रो महकले झन
प्यासको सारीमा थप्थ्यो,
र त्यही महलो ओठ चुम्थेँ ।
सप्ताहन्तमा,
त्यो स्वारस्य
साँच्चै सुधापान
भन्दा कम थियो र !!!
Filed under: कवीतायात्रा | Tagged: देउराली, सप्ताहान्त, सुधा, स्वारस्य


गज्जब छ! साह्रै रोमाण्टिक!