गजल
January 16, 2010 3 Comments
फोक्कडको जिन्दगी चुरोटले पोल्छु अचेल ।
धुँवाको नशामा तिम्रो याद घोल्छु अचेल ।
समयको गतिसँगै मन एकोहोरो भएपछी,
तारा गन्दै रातमा शुन्यसँग बोल्छु अचेल ।
भित्री पीडा जिन्दगीको काव्यपान काँहा हो र
तैपनी व्यथा सबै गजलभित्र खोल्छु अचेल ।
पलपल श्वास फेर्न चुरोटनै चाहिएपछी,
गर्वसाथ आफुलाई रु पाँच मोल्छु अचेल ।
फोक्कडको जिन्दगी चुरोटले पोल्छु अचेल ।
धुँवाको नशामा तिम्रो याद घोल्छु अचेल ।
Share This:










गजल राम्रो लाग्यो । अझै नयाँ रचनाहरुको आओस ।
ramro chha pracas!
keep on writing_you are really good in it.
गजल राम्रो लाग्यो pragati ko kamana la