गुनासो, सान्दिदीसँग
February 27, 2010 7 Comments
सान्दीदी !
चित्त बुझेन, मन मानेन ।
तिमीसँग आज गुनासो पोख्छु ।
बाल्यकालमै तिम्ले गाँउ छोड्यौ,
शहरमा मान्छेको समुद्रछाल छिचोल्दै,
आयतनयुक्त मोती टिप्ने अभिलाषामा ।
अनी त चटक्कै बिर्सियौ है,
बेँसिको देउरालीमा ढुंगामाटोको पसल खेलेको,
मेरो पुतली तिम्ले चोर्दा घरपछाडी कुटाकुट गरेको,
गोठालो जाँदा चुत्रोको बोटमा दिनभरी झुन्डेको ।
मलाई अचम्म लाग्छ,
त्यती मायाले आँगनमा रोपेको त्यो लालुपातेको,
तिम्लाई कत्ती पनि सम्झना आएन ?
चिरौटे चौतारीको त्यो शितलताले,
शहरको गर्मीमा भतभती पोलेन ?
सान्दिदी !
तिम्ले गाँउ छोडेपछी,
यहाँ त अनौठो युद्द पो चर्कियो ।
हत्या, अपहरन भईरहन्थ्यो ।
नोखराज दाई पनि अब हामी माझ रहेनन ।
स्कुलबाटै अपहरन गर्थे हाम्लाई त !
धेरै चोटि सुनियो: सहउठान र आमुल परिवर्तनका भाषणहरु ।
उखुझ्याङ पछाडि एक दुइवटा लाश अनौठो लाग्दैन्थ्यो, सान्दिदी ।
हजुरबा त रातिराती हिंड्नुहुन्थ्यो, गाउबेशिको कामले ।
उहाँलाई सोध त,
यो कहालीलाग्दो रक्ताम्य युग हाम्ले कसरी काट्यौ ?
आँखिझ्याल पनि थुन्थ्यौ, साह्रै डर लाग्थ्यो;
अनी सासले बोल्थ्यौ सान्दिदी, सासले !!!
जनयुद्द, क्रान्तिको ज्वाला भन्थे,
पलपल होमिन उक्साउथेँ;
तर हामी त यसको रापमै जल्यौ, सान्दिदी !
सायद कहिल्यै नथाक्ने घाऊ बटुल्नलाई ।
गामबेशी गर्दै आफ्नो डोकेजीवनका,
पसिना चुहाउने बैशाखहरु यसरी कटे सान्दिदी ।
मनमा अझ थुप्रै पिडा छन,
नथाक्ने घाऊ त कती कती ।
गुनासा अझै बाँकी छन,
तिम्रो बियोग खप्न नसकेर
लालुपाते रुँदैछ,
देउराली सुसेल्दै छ,
चौतारी पर्खिरा’छ ।
एकचोटी गाउँ आउ है, सान्दिदी !!!
Share This:










यो कविता साह्रै मीठो लाग्यो, अनी यहाँको सान्दिदी देखेर कता कता रिस पनि उठ्यो; जे होस् कवित्व को त्यो मीठो अनुरोध बुझेर सान्दिदी छिट्टै गाउँ जाउन, मेरो शुभकामना !!!:)
wise … u
यो अद्दित्तिय कवित्वलाई म हृदयदेखिनै सलाम गर्छु । साह्रै मीठो छ कविता, मन मुटुनै च्वास पार्ने । नजाउँ भन्दाभन्दै पनि त्यही कहालीलाग्दो बिगत नगैनहुने । बहुत कलात्मक रचना अनी बेजोड प्रस्तुती । We expect more …
Cheers !!! -kopi
wow, what a composition !!!
i mingled into mine so frightening past immediately. and me too fully agree with the 1st comment. your sandidi must go to ur village just to know what had happened there …
anyway very meaningful and artful creation, keep it up !!!
namaste, tapaiko sandilai ani tapailai pani !!!
राम्रो लाग्यो।।।भित्र छुयो।।एकपटक पढे, फेरि पढौं लाग्यो।।
I read this title. It is true when i lived in Kathmandu i feel so. The GOVT have to response about that dirty thing. Men want who to live in this world, there are many problem to live. Men do not want die but he want dirty.