चाँदनी
March 8, 2010 2 Comments
एक्लै हुन्छे, रातमा चाँदनी ।
चुपचाप, मातमा चाँदनी ।
अद्दित्तिय शितलता काफी
चाँहिदैन, हातमा चाँदनी ।
लठ्ठ हुँदा हेरेर त्यो रुप
पाउँछु म, माथमा चाँदनी ।
बादल त्यो उत्पात गर्जदा
निडर, बर्षातमा चाँदनी ।
छर्दाछर्दै ‘प्रकाश’ उसको
बिलाउँछे, प्रातमा चाँदनी ।
Share This:










मिठो गजल!
ramro cha yar.keep doing well . aasa garau aajai ramro kabita padna paiyos.