चार टुक्रा
March 19, 2010 2 Comments
जनता
समयको पाठक
सज्जन श्रोता
आन्दोलनको खजाना
र
अठार हजार जाबो !
काठमाण्डौ
ढलको बाढी
डलरको रुख
फोहोरको रास
र
एक मुठी पानी !
आधुनिक विद्यार्थी
इन्टरनेट क्रेजी
पार्कमा, फुल या भमरा
चिया चुरोटको व्यापार
र
UK का भिसाहरु !
कवी
तीन आँखे
शब्द भकारी
फुटेको एना
र
कविताको पोई !
Share This:










simply wonderful
हा हा हा । क्या सटिक टुक्काहरू ।