साहसको अर्को नाम: सुदर्शन

उ आइ
            बिजुली भएर आइ,
करेन्ट लगाइ
           अनी फरार भई…
सायद उसलाई थाहा छैन
            उ भित्रको म,
जुन दिन थाहा पाउली
           ग्लानिमा जल्ली,
मलाई सम्झिली,
           दुनियाँ सम्झिली…
अनी ~ अनी…
           लाज जोगाउन
सायद आत्महत्या गर्ली !!!           Sudarshan Gautam


यि हरफहरु दाइको पुरानो डायरीबाट साभार गरेको हुँ । किशोरावस्थाको त्यो खाइलाग्दो उमेरमा नै दाइले करेन्टको नजांनिदो समागमबाट आफ्नो दुबै हात गुमाउनु भयो, तैपनी संघर्ष गरेर आफुलाई यो प्रतिस्पर्धी युगमा एउटा अमर पुरुष बनाउन उहां सफल हुनुहुन्छ । धेरै साहसिक काम गरेर उहांले यो संसारलाई आफ्नो गतिलो परिचय दिनुभएको छ । तलका तस्बिरहरु उहांकै साहसका प्रमाण मात्रै हुन । दाई हाल अध्ययनको सिलसिलामा क्यानडामा हुनुहुन्छ,यो ब्लगमा आजबाट नयाँ category थपिएको छ; ‘दाइको डायरीबाट’…..उक्त category मार्फत उहांको पुरानो डायरिमा भएका माथिका जस्तै अनेकौं साहित्यिक रचनाहरु post गरिनेछ । धन्यवाद….

123 12

Follow

Get every new post delivered to your Inbox.