गाउँ गाउँमा हल्ला चल्यो,
बस्ती बस्तीमा हल्ला चल्यो
आज कालहरु आउंदैछन
ढोका थुनेर बस्नु…
म छक्क परेँ !
काल ! कस्तो काल ?
के काल पनि सुचना दिएर आउँछ र ?
म सोच्न वाध्य भएँ ।
म केटाकेटी छँदा सोच्ने गर्थेँ,
काल डरलाग्दो हुन्छ,
दारा पलाएको हुन्छ, भयंकर हुन्छ ।
उमेर बित्दै गयो, त्यो भ्रमको पनि अन्त्य भयो ।
तर आज अर्को भ्रम
मेरो मगजले काम गर्न छाड्यो ।
ति हल्लाहरु केटाकेटी तर्साउन
प्रयोग गरिएका अस्त्र जस्ता लाग्थे ।
तर गाउँमा चलेको हल्ला
सत्य, असत्य पत्याउन गाह्रो…
म दिगभ्रमित भएँ ।
मलाई थाहा छ,
काल अद्रिश्य हुन्छ ।
अज्ञात हुन्छ ।
बाजा बजाएर आउँदैन ।
सुटुक्क आउँछ,
टिपेर लैजान्छ ।
तर आज सुनें, काल आउंदैछ
सबै कांप्दै ढोका लगाउन ब्यस्त…
द्रीश्य अनौठो ।
म पनि त्यही द्रिश्यको अनुसरणमा ।
एकछिनपछी एक हुलको आगमन,
हुलको गर्जन…
पल्लाघरे दाइको उपस्थिती,
चड्कनको बर्षा,
अस्त्र शस्त्र हुलको गमन ।
अनी त, ढोका खुल्ला,
पल्लोघरमा मान्छेको भिड,
मास्टरको मृत्यु…!
संरचनाको बिनाश,
मेरो कालसंग परिचय,
मलाई कालको चेतावनी…
गाउँ नबस्न धम्की
अनी मलाई विश्वाश,
काल !
मान्छे ! मान्छे !
काल !!! Sudarshan Gautam
Share This:










Recent Comments