साहारा कोही…
May 14, 2009 1 Comment
साहारा कोही नभएपनी बांच्नु त पर्छ नै,
यो मन खुशी नभएपनी हांस्नु त पर्छ नै ।
म एक्लो यात्री मान्छेको भिड छिचोली हिड्दैछु ।
औसीको कालो रातमा आज उजेली खोज्दैछु ।
आंखामा आंशु रित्तिन लाग्यो सांच्नु त पर्छ नै ।
यो मन खुशी नभएपनी हांस्नु त पर्छ नै ।
बसन्त मेरो ओइली झर्यो टिपिदिने को होला ।
मुस्कान भित्र लुकेका आंशु देख्दिने को होला ।
अर्काको लागि फुलको माला गांस्नु त पर्छ नै ।
यो मन खुशी नभएपनी हांस्नु त पर्छ नै ।
जीवन भन्नु यस्तै त रहिछ उकाली ओराली,
कसरी बिर्सु मनको बह यो मन सम्हाली ।
देउराली भेट्न नसके पनि हिंड्नु त पर्छ नै ।
यो मन खुशी नभएपनी हांस्नु त पर्छ नै ।
साहारा कोही नभएपनी बांच्नु त पर्छ नै,
यो मन खुशी नभएपनी हांस्नु त पर्छ नै । BY सुनिता गौतम
Recent Comments