Monthly Archives: मार्च 2009

मेरो सानु साथी,चांदनी


भन चांदनी, त्यसपछी के भयो ???
अपुर्व इश्वरको साथ लिन छोडेउ कि छोडिनौ ?
भुतले तिमीलाई तर्साउछ कि तर्साउदैन ?
तिम्रो सन्कल्पको धागो कहाँ सम्म पुग्यो ?
मेरो चिठि पढेपछी तिमीले के सोच्यौ ?
शंका गर्ने यो ब्रित लाई कसरी सम्झायौ ?
भन न चांदनी, कसरी सम्झायौ ?

दुर्लभ तर यो रसिक दुनियाँलाई चिन्यौ कि चिनिनौ ?
आफ्नै जीवन लाई बुझ्यौ कि बुझिनौ ?
मेरा चिठिमा भएका अक्षरका काला चराहरु,
तिम्रो करेसाछेउ उडछन कि उडदैनन ?
तिमीले उनलाई कतै देख्यौ कि देखिनौ ?
भन न चांदनी, देख्यौ कि देखिनौ ?

तिम्रोतिर कत्तिको सरल छ त जीवन ,
पानी आउछ कि आउँदैन ???
अधीकांश समय अध्यारो नै छ,
तिमीलाई दिक्क लाग्छ कि लाग्दैन ???
समयको सुन्दर्ता हेरेर,
स्निग्धतामा डुब्छौ कि डुब्दिनौ ???
एकान्त मन पर्छ कि पर्दैन ?
कहिलेकाही कथा, कविता लेख्छौ कि लेख्दिनौ ?
असक्ताको लागि अबल मित्र खोजेउ कि खोजिनौ ?
भन न चांदनी, खोजेउ कि खोजिनौ ???

अब त तिमी ठुली भईसक्यौ,
राजनिती गर्छौ कि गर्दिनौ ???
आउने चुनाबमा उठछौ कि बस्छौ ?
महिला क्रान्ती, सहउठान र आमुल परिवर्तनको लागि
एक जोर झन्डा किन्यौ कि किनिनौ ???
थुप्रै जुलुशहरु एकसाथ निक्लिएथे,
तिमी गयौ कि गएनौ ???
पानीका फोहोरा,रबरका गोली
अश्रुग्यास अनी इटाहरू,
जहितही,यत्रतत्र छरिएका थिए,
तिमीलाई त लागेन नि !!!
भन न चांदनी, लागेन नि ???

हाय!!! चांदनी
जीवन अपुर्व, इच्छा अपुर्व, अकाट्य, अनन्त
तैपनी……………………..
किन यसलाई हरहर त्रिस्ना लगिरहेको होला???
हर्बखत मरिमेट्दै यसले के खोजेको होला ???
भन न चांदनी, के खोजेको होला ………………?

Advertisements

The best poem of 2008


This poem was nominated by UN as the best poem of 2008,
Written by an African Kid.

When I born, I black
When I grow up, I black
When I go in Sun, I black
When I scared, I black
When I sick, I black
And when I die, I still black

And you white fellow
When you born, you pink
When you grow up, you white
When you go in sun, you red
When you cold, you blue
When you scared, you yellow
When you sick, you green
And when you die, you gray

And you calling me colored?

आज फेरी सपनिमा…


आज फेरी सपनिमा उनलाई देखें
मुस्कुराउदैं झरेकी पवीत्र जुनलाई देखें ।

च्यातिएका दृष्टिहरु, सम्हालेर राख्न खोज्दा 
आत्माभित्र भुनभुनिएका प्रेमका धुनलाई देखें ।

वाध्य भएं सम्झन, अतितका ति पलहरु
ममता र स्नेहको त्यही पुरानो गुनलाई देखें

थाकेर जिन्दगीमा, निफर भवीष्य चुड्दा
यादको संसार बनेकी केवल उनलाई देखें ।

उनको अभावमा जलेपछी, डढिसके सबै चिज
आफुभित्र बांकी अब उही पुरानो खुनलाई देखें ।

आज फेरी सपनिमा उनलाई देखें
मुस्कुराउदैं झरेकी पवीत्र जुनलाई देखें ।           gautam Xpress…

प्रेसरकुकर


आज पनि बूढाले छिमेकिको घरमा प्रेसरकुकर कराएको सुन्यो । उसलाई आफुसंग पनि एउटा ठुलो प्रेसरकुकर भईदिएको भए हुन्थ्यो जस्तो लाग्यो, तर उ एक्लो गरीब जसको गरीबी प्रेसरकुकरभन्दा धेरै ठुलो थियो । मनलाई जबरजस्ती बुझाएर बुढो भरेलाई तरकारी,सिंस्नुको मुन्टा खोज्न घरनजिकै दोबाटोमुनिको झ्यांगतिर लम्क्यो । दोबाटोनजिकै क्रान्तिकारीहरुले रातो झन्डा राखेका थिए,बुढोले एकटकले एकैछिन त्यसलाई हेर्‍यो तर केही सोचेन । सिंस्नुको मुन्टा टिप्दै गर्दा उसले त्यही झ्यांगमुनी आफुभन्दा ५ हात पर एउटा ठुलो उसको टाउको जत्रै भर्खरै किनेको जस्तो लाग्ने गतिलो प्रेसरकुकर देख्यो । अहिले उसको नजिकै कोही नभएकोले बुढोले मौका छोप्ने बिचार गर्‍यो । प्रेसरकुकर टिपेर बुढो एक हात मात्रै के लम्केको थियो, त्यो कुकर गाउं नै थर्कनेगरी पड्कियो, उसको घटनास्थलमा नै मृत्‍यु भयो । 

मेरो उपदेश


सुन्दा भाषण भईरहेछ सबथोक, हेर्दा सबै निस्फल
गाउँ चाँही त झन अघोर चुसियो, के को हुनु झलमल
बैठकको भर हुन्न, त्यो त गफिको गफ हन्ने ठाउँ पो
माथि पुग्दछन जलिहरु, त्यहा त को पुग्न पो पाउथ्यो ।

फोस्रो धाक लगाइ बकबक गरी उर्ली रहेका किन
सच्चा वीर बनेर लड्न नसके आउँदैन हाम्रो दिन
बोलौ, बोल्न हुँदैन रे किन त्यहा लौ सोधी गर्न पर्‍यो
साच्चा साच्ची गरेर उठ्न नसके नेपाल देशै मर्‍यो ।।

हाम्रो यो इन्साफ कसले गरिदेला, हामी मरेको मर्‍यै
जम्मा गर्नुपर्‍यो सोझा र निमुखा, उखाल्न ठगको जरै
सोझा पीडितको जमात बटुली, बोलौ न धावा अब
रातो लालिगुरांसझैं चहकिला, राता बनौं है सब ।।।

ढुंग्री जोड गरेर फुक्न नसके, बल्दैन आगै पनि
मुक्का खुवाउनु पर्छ,टेर्छ अनी पो सामन्ती होस् या धनी
हात थापेर दिदैन कोही पनि केही ,यस्तो जमाना गयो
खोसेरै लिनुपर्छ खोस्न नसके त्यसै मरे भईगयो ।।।।
                                         मामा कमल प्रसाद चौंलागाइं द्दारा लेखिएको ….

छोडेनन…


भिखारी रहेछन सबै धनप्रसादहरु,
गरीब नेपालीलाई लुट्न छोडेनन ।
प्यासी रहेछन सबै गोहिहरु,
नेपालीकै रगत चुस्न छोडेनन ।
 
आँखा फुटेछन सबै छोराहरुको,
आफ्नै मातालाई लुट्न छोडेनन ।
आटी रहेछन गोली र बारुदहरु,
छेडी छेडी निस्किन छोडेनन ।
 
सुरा रहेछन काला ढेडुहरु,
निदाएका नेपालीलाई अठयाउन छोडेनन ।
कमजोर रहेछन कुर्सिका शेरहरु,
अरुको शिकारमा बाँच्न छोडेनन ।
 
कट्टर रहेछन बरु क्रान्तिकारीहरु,
सुहागरात मनाउन कट्टु मात्रै खोलेनन ।
शक्तिशाली रहेछन आन्दोलनकारीहरु,
मोटा नेपालीलाई भोकै मार्न छोडेनन ।
 
जिउदो लास रहेछन इन्जिनियरहरु,
आफ्नै view चिन्न सकेनन ।
दानव रहेछन डाक्टरहरु,
आफ्नै आमालाई चिर्न सकेनन ।
 
पागलप्रेमी रहेछन नेताहरु,
देशलाई धोका दिनै छोडेनन ।
साक्षात रहेछन योगिहरु,
लक्ष्मी र कुबेरलाई नातो लाउन छोडेनन ।
 
धेरै भएछन यथार्थप्रेमी कविहरु,
अत्याचार र शोषणका कुरा लेखिन छोडेनन ।
साच्चै भोकाएका रहेछन यि नेपालीहरु,
चोट र सास्ती खानै छोडेनन ।
चोट र सास्ती खानै छोडेनन….
                                                           Pracash Gautam Ashok(22 jan, 07)

जिन्दगी


अनुभवको यात्रा हो जिन्दगी,
सोचेर मात्रै हुन्न, यहाँ त भोग्नैपर्छ,
आज तिम्रै यादमा दुखाइरहेछु जिन्दगी…
आफैलाई बाँच्न सारै गार्‍हो भईसक्यो;
तैपनी,
फल्ने र फुलाउने आशमा लुकाइरहेछु जिन्दगी ।
सुख दु:ख जे होस् व्यवहार त आखिर टार्नैपर्छ,
त्यसैले,
जसोतसो पन्छाइरहेछु जिन्दगी ।
शिखर चुम्ने आशमा सबै पंत्तीबद्द छन यहाँ,
मैले पनि यताउता ढल्काइरहेछु जिन्दगी ।
मिठो, नमिठो, कांचो, कंचिलो सबै कुरा रुचेकै छ,
त्यही भएर साझबिहान फुकाइरहेछु जिन्दगी ।
बिनसित्ती के को पिर एकै मुठ्ठी सासको लागि ,
आजभोली हावाको तहतहमा मिल्काइरहेछु जिन्दगी,
हावाको तहतहमा मिल्काइरहेछु जिन्दगी………

                                                                    Pracash Gautam Ashok(27 sep, 07)