मेरो सानु साथी,चांदनी


भन चांदनी, त्यसपछी के भयो ???
अपुर्व इश्वरको साथ लिन छोडेउ कि छोडिनौ ?
भुतले तिमीलाई तर्साउछ कि तर्साउदैन ?
तिम्रो सन्कल्पको धागो कहाँ सम्म पुग्यो ?
मेरो चिठि पढेपछी तिमीले के सोच्यौ ?
शंका गर्ने यो ब्रित लाई कसरी सम्झायौ ?
भन न चांदनी, कसरी सम्झायौ ?

दुर्लभ तर यो रसिक दुनियाँलाई चिन्यौ कि चिनिनौ ?
आफ्नै जीवन लाई बुझ्यौ कि बुझिनौ ?
मेरा चिठिमा भएका अक्षरका काला चराहरु,
तिम्रो करेसाछेउ उडछन कि उडदैनन ?
तिमीले उनलाई कतै देख्यौ कि देखिनौ ?
भन न चांदनी, देख्यौ कि देखिनौ ?

तिम्रोतिर कत्तिको सरल छ त जीवन ,
पानी आउछ कि आउँदैन ???
अधीकांश समय अध्यारो नै छ,
तिमीलाई दिक्क लाग्छ कि लाग्दैन ???
समयको सुन्दर्ता हेरेर,
स्निग्धतामा डुब्छौ कि डुब्दिनौ ???
एकान्त मन पर्छ कि पर्दैन ?
कहिलेकाही कथा, कविता लेख्छौ कि लेख्दिनौ ?
असक्ताको लागि अबल मित्र खोजेउ कि खोजिनौ ?
भन न चांदनी, खोजेउ कि खोजिनौ ???

अब त तिमी ठुली भईसक्यौ,
राजनिती गर्छौ कि गर्दिनौ ???
आउने चुनाबमा उठछौ कि बस्छौ ?
महिला क्रान्ती, सहउठान र आमुल परिवर्तनको लागि
एक जोर झन्डा किन्यौ कि किनिनौ ???
थुप्रै जुलुशहरु एकसाथ निक्लिएथे,
तिमी गयौ कि गएनौ ???
पानीका फोहोरा,रबरका गोली
अश्रुग्यास अनी इटाहरू,
जहितही,यत्रतत्र छरिएका थिए,
तिमीलाई त लागेन नि !!!
भन न चांदनी, लागेन नि ???

हाय!!! चांदनी
जीवन अपुर्व, इच्छा अपुर्व, अकाट्य, अनन्त
तैपनी……………………..
किन यसलाई हरहर त्रिस्ना लगिरहेको होला???
हर्बखत मरिमेट्दै यसले के खोजेको होला ???
भन न चांदनी, के खोजेको होला ………………?

Advertisements

2 thoughts on “मेरो सानु साथी,चांदनी

  1. krishna

    प्रकाश जि मैले यो तपाईंको ब्लग दोश्रो पटक हेरे अनी मलाई फेरी यो चादनी कबिता हेर्न मन लाग्यो। कबिता ma राजनीतिक,प्रकृतिक,र वास्तविक तरिका बाट मायाको प्रहार भयको छ जुन निश्चल, चोखो, पवित्र हुन्छ…………. very nice ….keep it up
    http://anubhaba.wordpress.com

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )