Monthly Archives: जनवरी 2010

जुन


त्यो                                             
चाँदनी रातको
शीतल आभासँग
बिगत कोट्टिएपछी,
मन साह्रै एकोहोरो हुन्छ,
भित्रभित्रै दुख्छ
र यादको अँगेनोमा
मायाको अगुल्टो
हुरहुरी बल्न थाल्छ,
अनी त;
आफैँलाई सिध्याउँछ कि !!!
मलाई अनौठो डर लाग्छ ।
र यो फीक्का जिन्दगीको
अम्मली म,
यसोतसो
घिस्रिने कोसिस गर्छु,
टहलेर त्यही
स्निग्ध, कोमल जुनको
छर्लङग अनुहार …

Share This:

Add to FacebookAdd to DiggAdd to Del.icio.usAdd to StumbleuponAdd to RedditAdd to BlinklistAdd to TwitterAdd to TechnoratiAdd to Yahoo BuzzAdd to Newsvine

Advertisements

गजल


फोक्कडको जिन्दगी चुरोटले पोल्छु अचेल ।
धुँवाको नशामा तिम्रो याद घोल्छु अचेल ।

समयको गतिसँगै मन एकोहोरो भएपछी,
तारा गन्दै रातमा शुन्यसँग बोल्छु अचेल ।

भित्री पीडा जिन्दगीको काव्यपान काँहा हो र
तैपनी व्यथा सबै गजलभित्र खोल्छु अचेल ।

पलपल श्वास फेर्न चुरोटनै चाहिएपछी,
गर्वसाथ आफुलाई रु पाँच मोल्छु अचेल ।

फोक्कडको जिन्दगी चुरोटले पोल्छु अचेल ।
धुँवाको नशामा तिम्रो याद घोल्छु अचेल ।

Share This:

Add to FacebookAdd to DiggAdd to Del.icio.usAdd to StumbleuponAdd to RedditAdd to BlinklistAdd to TwitterAdd to TechnoratiAdd to Yahoo BuzzAdd to Newsvine

कुकुरहरु


एक हुल कुकुरहरु हिजो
कुकुरहरु, बधशाला ’round
राल काढिरहन्थे ।
भोको पेट तग लगाउन,
चर्पी छेउ
नाक डुलाउँथे ।
केवल कर्तिकमा बोका हुन्थे ।
तर आज,
तिनै कुकुरहरु
सिँहदरबार ’round
राल काढछन ।
भन्सार भित्र
नाक डुलाउँछन,
बारै मास तरुनी खेतीमा
मस्त हुन्छन् ।
समयको शक्ति हो की
तिनिहरु भित्रको क्रान्ति यो !!!
साच्चै बुझिनसक्नु भए
ती एकहूल कुकुरहरु ।

Share This:

Add to FacebookAdd to DiggAdd to Del.icio.usAdd to StumbleuponAdd to RedditAdd to BlinklistAdd to TwitterAdd to TechnoratiAdd to Yahoo BuzzAdd to Newsvine

गजल्


गुमाइसँके जिन्दगीका ती चाँदनी रातहरु ।
बेदनाले छटपटिँदा साथ दिने हातहरु ।

उराठलाग्दो भयो जीवन, बुढो त्यो पिपल झैँ
बसन्तको सँघारमै झरे कोमल पातहरु ।

थाहा पाएँ अदभुत शक्ति, तिम्रो मीठो प्रितको
बुझ्ने को होला र अब म भित्रका उन्मादहरु ।

भाग्यको लीला थियो की, समयको कुनै चक्र त्यो
चोटपनी मीठा लाग्थे पाउँदा तिम्रा साथहरु ।

सुखी छैन मन मेरो, साँच्चै केही नपाएजस्तो
बियोगमै रमाउनेछु म, आओ न यादहरु ।

Share This:

Add to FacebookAdd to DiggAdd to Del.icio.usAdd to StumbleuponAdd to RedditAdd to BlinklistAdd to TwitterAdd to TechnoratiAdd to Yahoo BuzzAdd to Newsvine

त्यो कथा र पात्रहरु


त्यो रात
साँच्चै अँध्यारो थियो,
चुक घोप्टाएजस्तो ।
साँच्चै सुनसान थियो,
मसानघाट जस्तो ।
टाढा, धेरै टाढा
एकहूल कुकुरहरु
भुकेजस्तो गर्थे ।
म,
त्यही उकुसमुकुसभित्र रुमल्लिएर
कथाको पात्र खोज्दैथेँ ।
आँशु झार्दै,
चित्कार सुनाउँदै
मैँ सामुन्ने आए;
एकहुल बलात्‍कृत गौरीहरु ।
टपरी थाप्दै,
भोको पेट निचोरेर
मुर्दाबादको पासोमा सेरिदैँ आए;
अछाम, बैतडी र डोटीका
प्रकोप पीडितहरु ।
हाम्रो अस्तित्व खोई ???
माटोको बेईज्जत भयो ।
बलिदानको इतिहाँस खोक्रो रैछ,
लाल-लाल बन्दै आए,
सुस्ताका युवाहरु ।
परिचय चाहियो
त्यसैले,
नागरिकताको माग गर्छन् ।
बाँच्नु छ, इज्जतसाथ
एकमुठी माटोको आश गर्छन् ।
निर्णायक आन्दोलन भन्दै,
म भित्र पसे;
कैँयौ भुटानी शरणार्थिहरु ।
सास फेर्ने
बैकल्पिक उपाय सोध्दै आए,
सिन्धुपाल्चोकको भिडन्तमा
गोली लागेर
नाक उछिट्टिएका
अबेला योद्दाहरु ।
१९ दीने जनआन्दोलनपछी,
जीउँदो मुढो बनेका
अमर मुकेशहरु ।
साँच्चै,
अब म ठुलो भीडमा परेँ ।
सुनसान रात छ तर,
कोलाहलमाझ परेँ ।
तातो रातो भएँ ।
बेगमका थप्पडहरु
र यादवका ट्वाईलेट सम्झेँ ।
प्रजातन्त्र, लोकतन्त्र
र गणतन्त्रको क्रमिकता सम्झेँ ।

अनी त
निबले कपिको पन्ना कोतारेँ मात्रै ।
रिसले दाँत रगडेँ मात्रै ।
तर,
कथा थाल्न सकीँन,
मैँले पात्र छान्न सकीँन ।

Share This:

Add to FacebookAdd to DiggAdd to Del.icio.usAdd to StumbleuponAdd to RedditAdd to BlinklistAdd to TwitterAdd to TechnoratiAdd to Yahoo BuzzAdd to Newsvine