Tag Archives: कविता

कालो भुईँमा नीला रङहरु


प्रत्यकदिन,blue-m1
म बेसुरले हिँड्छु ।
हामी बेसुरले हिँड्छौ…!

पाइला मेटिन्छ या मेट्छौ ।
लक्ष्य बोकिन्छ या बोक्छौँ…।

समयसँगै,
शनै: शनै,
अल्झिन सकिन्छ,
अँध्यारा भिरहरुमा ।
बल्झिन सकिन्छ,
उज्याला पिरहरुमा ।
खुल्न पनि सकिन्छ.
यदाकदा झिसमिसमा ।
सिमसिममा ।
कुनै दुर्लभ पुर्णिमामा ।

अविष्मरणिय एक साँझ,
निशब्द प्रकृति ।
निस्सार अवस्थिति ।
शाश्वत आकृति तिम्रो,
वरिपरी ।

हेराहेर, कदापी सत्य होइनन् ।

चलायमान मस्तिष्कका तारहरुले,
जब आँखाका पछील्तिर,
बन्द परिपथ बनाउंछन्,
अनि हामी देख्छौं,
र देखेझैं गर्छौ ।
जस्तो एक प्रकारको भाषा,
जुन हामी बुझ्छौं,
र बुझेझैं गर्छौ ।

निष्कर्ष: पुर्णिमाका जम्काभेटहरु अमर हुन्छन् ।

पुन:
म बेसुरले हिँड्छु ।
हामी बेसुरले हिँड्छौ…!

पाइला मेटिन्छ या मेट्छौ ।
लक्ष्य बोकिन्छ या बोक्छौँ…।

बिस्तारै ,
कालो भुईँमा नीला रङहरु अष्पष्ट हुन्छन् ।
पुर्णिमाहरु भ्रम हुन ।
भ्रमहरु पुर्णिमा हुन ।

Advertisements

तिमी, म र प्रेम


अस्ति,
तिमी != म ।
म != तिमी ।
फरक सोचमा प्रेम ।
प्रेममा फरक सोच ।

हिजो,
दुई मनमा एउटै संगीत ।
एउटै संगीतमा दुई मन ।
बिस्तारै, बिस्तारै…
मेरो जिन्दगी = तिम्रो रहर ।
तिम्रो जिन्दगी = मेरो रहर ।
तिमी = म ।
म = तिमी ।

आज,
एक्कासि,
प्रेममा क्रान्ति ।
क्रान्तिमा प्रेम ।
विचारमा पहिरो ।
पहिरोमा विचार ।
पुनः
तिमी != म ।
म != तिमी ।

गजल


मलाई त्यो कविता मन पर्दैन ।
भावशुन्य सरिता मन पर्दैन ।

शब्दहरु अर्थ सापटी माग्छन,
हो, यस्तो दरिद्रता मन पर्दैन ।

ठुलीभिर, आलो रगतले छोपिँदा,
गुराँसको रमिता मन पर्दैन ।

यथार्थता निचोरेर जन्मिएको,
कल्पितार्थ सविता मन पर्दैन ।

बाछिट्टाले निथ्रुक्क ‘प्रकाश’लाई,
चाँदको नविनता मन पर्दैन ।

Share This:

Add to FacebookAdd to DiggAdd to Del.icio.usAdd to StumbleuponAdd to RedditAdd to BlinklistAdd to TwitterAdd to TechnoratiAdd to Yahoo BuzzAdd to Newsvine

कविता


अक्षर अनी शब्दको,                              
शब्द अनी शब्दाडम्बरहरुको
सफल सम्मेलन पछी
शक्त चर्चा प्रयास:
षोडशी शर्मालु स्त्रिको,
पूर्ण शशिको, शशिकलाको
शुन्यबाद, शुन्यकाल र शुन्यशान्यको ।
अनी त,
मीठो सम्योजन फेरी
तिनै शब्दशक्तिहरु,
‘अभिधा’, ‘लक्षणा’ र ‘व्यन्जना’ को
र जन्म एउटा:
शषरा तर शरीफ कविताको …
मौन तर चुलबुले कविको …

Share This:

Add to FacebookAdd to DiggAdd to Del.icio.usAdd to StumbleuponAdd to RedditAdd to BlinklistAdd to TwitterAdd to TechnoratiAdd to Yahoo BuzzAdd to Newsvine

ल, भुन्टेकी आमा ल



भुन्टेकी आमा, ल
म तिमीले भनेजस्तै गर्छु
तिमी मेलापातमा जाउ,
म भुन्टे फकाउँछु
खाजा तुल्याउँछु
घर सफा गर्छु
फुर्सद भयो भने,
बरु सिनेमा हेर्दिन्छु ।
एकान्तमा घोत्लिएर
अक्षर गाँठो पार्दै
कविता जस्ता कविता लेख्दिन ।

ल,
भुन्टेकी आमा, ल
म तिमीले भनेजस्तै गर्छु
इराक पड्किरहँदा,
छटपटिदैँ पिडाबोध गर्दिन ।
श्रिलंका डढीरहँदा,
“नाक पिरो भो” भन्दिन ।
अभाव र चित्कार सुन्दा,
लंगडो भइदिन्छु ।
छिमेकमा बन्दुक पड्कदा,
बहिरो भईदिन्छु ।
छोरीचेली बलात्‍कृत भए,
अन्धो भईदिन्छु ।
यो अत्याचार र शोषण
सजिलै सहिदिन्छु ।

ल,
भुन्टेकी आमा, ल
म तिमीले भनेजस्तै गर्छु
भित्र रुदैँ बहिर
गदगद भईदिन्छु ।
संसार यस्तै रहेछ,
म चित्त बुझाईदिन्छु ।

ल,
भुन्टेकी आमा, ल
म तिमीले भनेजस्तै गर्छु
एकान्तमा घोत्लिएर
अक्षर गाँठो पार्दै
कविता जस्ता कविता लेख्दिन ।
ल, भुन्टेकी आमा ल …

Share This:

Add to FacebookAdd to DiggAdd to Del.icio.usAdd to StumbleuponAdd to RedditAdd to BlinklistAdd to TwitterAdd to TechnoratiAdd to Yahoo BuzzAdd to Newsvine